नारायणी नदीले नारायणगढ र देवघाटमा चेतावनीको तह नाघ्यो

Devghat Online

शेयर गरौ

देवघाट, असार २२

नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनी तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले चेतावनी तह नाघेको रेकर्ड गरेका हुन् । चेतावनी तह भनेको आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था हो । नारायणी पुलमा जलसतह ११.२६ मिटर पुगेको छ भने देवघाटमा जलसतह ८.५१ मिटर पुगेको छ ।

नारायणी पुलमा ११ मिटर र देवघाटमा ७.३ मिटर जलसतहलाई चेतावनी तह मानिन्छ । देशभर लगातार वर्षा भइरहेकाले जलसतह अझै बढ्ने सम्भावना छ । नारायणीले चेतावनीको तह नाघेसँगै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेतना अपनाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र नवलपुरले सूचना जारी गर्दै सचेत रहन नागरिकलाई आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।