यसवर्ष तनहुँमा बाढी र पहिरोबाट ११ हजार जना प्रभावित बन्ने अनुमान

Devghat Online

शेयर गरौ

दमौली, असार २२

यसवर्ष बाढी र पहिरोबाट तनहुँ जिल्लामा ११ हजार जना प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी र पहिरोबाट ११ हजार जना प्रभावित हुने अनुमान गरि त्यसको सामना गर्न सबै जनशक्तिलाई उच्च सर्तकताका साथ परिचालन गर्ने निर्णय गरेको छ ।

तनहुँका १० स्थानीय तह मध्ये देवघाट र भिमादमा बाढीको उच्च जोखिम र अन्य पालिकामा पहिरोको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । विपद्बाट नागरिकलाई जोगाउन सबै स्थानीय तहलाई खोज, उद्धार र राहतकोलागि तयारी अवस्थामा रहन अनुरोध गरिएको प्रजिअ गौतमले बताए ।

बाढि र पहिरो गएमा उद्धारको लागि औजारको कमी भएपनि जनशक्ति भने पर्याप्त रहेको प्रजिअ गौतमले बताए । नेपाली सेनाको ३ वटा गण, शसस्त्र प्रहरीको १ वटा गण तथा नेपाल प्रहरीको विशेष सुरक्षा गढन समेत तनहुँमा रहेको हुँदा उद्धारकोलागि जनशक्तिको अभाव नहुने प्रजिअ गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण