तनहुँमा माथिबाट खसेको ढुङ्गा लागी १ को मृत्यु, पहिरोमा परी ३ जना बेपत्ता

Devghat Online

शेयर गरौ

दमौली, असार २२

तनहुँमा अविरल बर्षाको कारण माथिबाट खसेको ढुङ्गा लागी १ जनाको मृत्यु भएको छ भने पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङमार्गभन्दा बाहिर माथिबाट ढुंगा खस्दा शनिबार दिउँसो करिब ४ बजेतिर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ–१ मालिङगाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए ।

माथीबाट ढुंगा खस्दा टाउको र पेटमा चोट लागेका पुलामीलाई दमौली अस्पतालमा उपचारको लागि ल्याइएकोमा चिकित्सकले मृत घोषण गरेको प्रहरी नायव उपरीक्षक रायले बताए । सोही घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–२ का ५१ वर्षीय समलाल श्रेष्ठ घाइते भएका छन् । उनको रत्नहरी अस्पतालमा उपचरत श्रेष्ठको बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।

यसैगरि शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिबार दिउँसो घर माथिबाट आएको पहिरोमा परी उनीहरु बेपत्ता भएका हुन् ।

शुक्रबारदेखि रातीदेखी परेको अबिरल वर्षाका कारण स्थानीय हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो आउँदै गर्दा छरछिमेक मिलेर घरभित्र रहेका सामान निकालने क्रममा उनीहरु पहिरोमा परेका थिए ।

उक्त पहिरोमा स्थानीय ४० वर्षीया हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपककुमार रायले बताए । सोही घटनामा स्थानीय ४० वर्षीया बिष्णु बहादुर नेपाली, २६ वर्षीय बिशाल तिमल्सिना, ३५ वर्षीय रबि घिमिरे र १८ वर्षीय रुपकुमार नेपाली घाइते भएका प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।