मुकुल रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

Devghat Online

शेयर गरौ

काठमाडौं, असार २५

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रिय सदस्यबाट बर्खास्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालाजु काठमाण्डौमा मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रिय समितिमा भएको छलफलका आधारमा ढकालले पार्टीको आचारसंहीता उल्लङ्घन गरेको ठहरसहित पदबाट बर्खास्त गरेको बताउनुभयो । केन्द्रीय अनुशासन आयोगबाट हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखि विभिन्न पदबाट जिम्मेवारीमुक्त गर्ने सर्वसम्मत निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

उहाँका अनुसार ढकालले पार्टी विधानको धारा ५७ अनुसार केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय भएको छ ।

रास्वपाको अनुशासन आयोगले डा.ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । ढकालले ३८ वटा जिल्ला भ्रमणपछि तयार पारेको ३२ पृष्ठको प्रतिवेदन पार्टीभित्र छलफल नहुँदै सार्वजनिक गरेको भन्दै आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण