बुद्धसिंह मार्गको पहिरो पन्छाइयो

Devghat Online

शेयर गरौ

दमौली, असार २४

पहिरोले अवरुद्ध भएको गन्डकी प्रदेशको गौरबको रुपमा रहेको तनहुँको दमौली र चितवनको घुमाउने जोड्ने बुद्धसिंह मार्ग खुलाईएको छ । गत शुक्रबार राती र शनिबार दिनभर परेको पानीले उक्त सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा उक्त सडकमा यातयात बिच्छेद भएको थियो ।

बन्दिपुर–६ स्थित सेतीगंगा आधारभुत विद्यालयका प्रअ सिद्धान्त गर्जा मगर लगायतका उपभोक्ताहरुको पहलमा सोमबार साँझ पुर्वाधार विकास कार्यालयले डोजर पठाई उक्त सडकको व्यास नपा–१३ बेलबास नजिकै गएको पहिरो हटाईएको हो । पहिरोले ठुला ठुला ढुङ्गाहरु सडकमा खसेपछि पुर्णरुपमा यातायात अवरुद्ध भएको थियो । यस अघि उनीहरुले पहिरो हटाउने विषयमा प्रमुख जिल्ला अधिकारी र पुर्वाधार विकास कार्यालयका प्रमुखलाई भेटेर अनुरोध गरेका थिए ।

पहिरो हटाएपनि उक्त सडकको केही ठाउँमा विद्युतका पोलहरु ढलेर सडक अवरुद्ध हुँदा जोखिम बढेको गर्जामगरले बताउनुभयो । विद्युतका पोलहरु ढलेपछि उक्त क्षेत्रमा विद्युत पुर्णरुपमा बन्द भएको गर्जामगरले बताउनुभयो । ढलेका पोलहरु नहटाएसम्म अmभैपनि यातयात पुर्णरुपमा सन्चालन गर्न नसकिने गर्जा मगरले बताउनुभयो ।

उक्त सडक हुँदै व्यास नपा–१३ र १४, ऋषिङ, बन्दिपुर, देवघाट र आवुँखैरेनी गाउँपालिका केही वडाका हजारौं नागरिकहरु दैनिक आवत जावत गर्ने गर्छन् । गन्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको बैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । गन्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखी व्यास नपा–१३ को सोँढेसम्म १० कि.मि. कालोपत्रेको काम गरिरहेको छ ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारयणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधिन अवस्थामा अलपत्र छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सन्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारयणगढ जानुभन्दा करिब २६ किलोमिटर छोटो पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू