देवघाटमा असारे विकासः वर्षा सुरु भएपछि कालोपत्रे सुरु

Devghat Online

शेयर गरौ

देवघाट, असार २५

देवघाट गाउँपालिका–५ को घिनटार–टाउनचोक–देवपुर सडकमा वर्षा सुरु भएपछि कालोपत्रे सुरु गरिएको छ । असार अन्तिममा वर्षायाम सुरु भएपछि कालोपत्रे गर्न सुरु गरेपछि सडकमा खन्याईएको बिटुमिन (अलकत्रा) बगाएको छ ।

निर्माण कम्पनीले सडकमा कालोपत्र गर्नको लागि बिटुमिन विच्छ्याएको छ । उक्त सडक कालोपत्रे गर्ने काम अलपत्र पारी निर्माण व्यवसायी वेपत्ता भएको बारेमा गत जेठ २१ गते सोमबार देवघाट अनलाइनमा समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशित भएपछि निर्माण कम्पनी सम्पर्कमा आई कालोपत्रेको काम सुरु गरेको थियो ।

अहिले वर्षायाम सुरु भईसकेको र लगातार पानी परिरहँदा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भन्दै स्थानीयले आलोचना गरेका छन् । १५ सय मिटर लम्बाई र नाली सहित ११ मिटर चौडाईको उक्त सडक २०८० पुस २१ गतेसम्म नाली निर्माण र कालोपत्रे गर्ने गरि जिएमआर कन्ट्रक्स नेपाल प्रा.लिसँग २०७९ पुस ११ गते सम्झौता भएको थियो ।

उक्त सडक कालोपत्रेको लागि भ्याट रकम सहित ३ करोड ७१ लाख ११ लाख २२५ रुपैयाँमा निर्माण कम्पनीमा सम्झौता भएको थियो । कालोपत्रे गर्न गाउँपालिकाले निर्माण कम्पनीलाई अन्तिम पटक असार मसान्तसम्म म्याद दिएको थियो । तश्विरः सफल शर्मा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण