सेती नदीमा दाउरा तान्ने क्रममा एक पुरुष बेपत्ता

Devghat Online

शेयर गरौ

दमौली, असार २६

बाढीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा बुधबार बिहान सेतीमादी नदीमा एक पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा दाउरा तान्ने क्रममा बेपत्ता भएका हुन् ।

सोही वडा स्थित छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा आएको भेलले थापालाई बगाएको प्रहरीले जनाएको छ । नदीले बगाएका व्यक्तिको अहिले व्यापक खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक