भानु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान

Devghat Online

शेयर गरौ

दमौली, असार २६

तनहुँको भानु नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवर्द्दन कार्यक्रम अन्तरगत नगरपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराएको हो ।
भानु नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु–८ बगाले र कालिका दुग्ध उत्पादक सहकारी संस्था लि. भानु–९ अर्चलधारा विच सम्झौता भएर अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

स्थानीय प्रगती दुग्ध उत्पादक सहकारी संस्था र कालिका दुग्ध उत्पादक सहकारीले उपलब्ध गराएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा ३ रुपैया उपलब्ध गराएको उहाँले जानकारी दिए । दुई सहकारीमा आवद्ध रहेर दूध बिक्री गर्ने किसानहरुका लागि ४ लाख २० हजार रुपैंया उपलब्ध गराईएको पशु सेवा प्राबिधिक अमित ढुंगानाले जानकारी दिए ।

सहकारीले नगरपालिका संगको सम्झौता अनुसार सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण भानु नगरपालिकालाइ उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा निर्धारण हुने गरेको छ ।
नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकालाई दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

उनले भानु नगरपालिकाबाट आगामी आर्थिक वर्षमा गाई पालन गर्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिनुभयो । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षण गर्न नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टीसँगै औषधी, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख उमा गोतामेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि