भानु जयन्तीको अवसरमा चुँदीरम्घामा विभिन्न कार्यक्रम गरिने

Devghat Online

शेयर गरौ

दमौली, असार २६

राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा भानुभक्तको जन्मस्थल भानु नगरपालिकाको चुँदीरम्घामा विभिन्न कार्यक्रम गरिने भएको छ ।

ऋादिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा आज असार २७ गतेदेखी भानु जयन्तीको दिन असार २९ गतेसम्म विभिन्न कार्यक्रम गरिने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । आज असार २७ गते स्थानीय भानुभक्त प्रति श्रद्धासुमन व्यक्त गर्न मठ मन्दिरमा प्राथना र पुजा गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरि असार २८ गते समितिको कार्यालय परिसरमा भानुभक्तीय रामायण वाचन, खुला कविता र विद्यालय स्तरीय खुला कविता प्रतियोगिता हुने भएको छ । सोही दिन अतिथी सत्कार तथा अतिथीहरुद्वारा कविता र गजल वाचन हुनेछ ।

यसैगरि भानु जयन्तीको दिन असार २९ गते विहान चुँदी रम्घामा बाजागाजा सहित समितिको कार्यालयबाट भानुको प्रतिमा स्थल रम्घासम्म प्रभातफेरी गरिने छ भने दिउँसो कार्यालय प्राङ्गणमा विभिन्न झाँकी प्रर्दशनी, कवि गोष्ठी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम एवं पुरस्कार वितरणको कार्यक्रम हुने कार्यकारी निर्देशक रानाभाटले बताए ।

असार २९ गते आयोजना हुने मुख्य कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सभाको नेकपा एमाले दलको सचेतक भगवती न्यौपाने रहने रानाभाटले बताए । सोही दिन साँझ रम्घामा रहेको भानुको प्रतिमा स्थलमा दिपावली गर्ने कार्यक्रम पनि रहेको छ ।

भानु जयन्ती मनाउन चुँदी रम्घामा भारतका विभिन्न राज्यबाट र नेपालका विभिन्न जिल्लाबाट साहित्यकारहरुको जमघट सुरु भईसकेको कार्यकारी निर्देशक रानभाटले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण