रानीवनद्वारा उपभोक्तालाई पशुपालनको लागि १० हजार अनुदान

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ३१

देवघाट गाउँपालिका–५ स्थित रानीवन सामुदायिक वन उपभोक्ता समुहले १६ घर उपभोक्तालाई पशुपालनकोलागि जनही १० हजार रुपैयाँ अनुदान दिएको छ ।

उक्त सामुदायिक वन समुहको आर्थिक बर्ष २०८०÷०८१ को गरिबी निवारण कार्यक्रम अन्तर्गत १६ घर उपभोक्तालाई पशुपालनको लागि १० हजारको दरले वितरण गरेको वन समुहका अध्यक्ष सन्तबहादुर थापाले बताए ।

रानीवन सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष सन्तबाहादुर थापाको अध्यक्षतमा हालै उपभोक्ताहरुलाई गरिबी निवारण तथा महिला सशक्तीकरण र उधम विकास सम्बन्धी २ दिने तालिम समेत दिईएको छ ।

पशुपालनको माध्यमबाट मनग्य आम्दानी लिइ आफ्ना उपभोक्ताहरुको आर्थिक अबस्थामा सुधार ल्याउन तालिम तथा अनुदान रकम दिईएको वन समुहकी सचिव इन्द्र थापा मगरले बताईन् । वन समुहले गत वर्ष पनि १५ जना उपभोक्तालाई अनुदान रकम उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि