नक्कली डाक्टर बनी बालिकालाई बलात्कार गर्ने देवघाटका इश्वर थापा पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, असार ३१

नक्कली डाक्टरको परिचय दिई देवघाट गाउँपालिका–५ की १२ बर्षिया बालिकालाई बलात्कार गर्ने देवघाट गाउँपालिका–२ का २२ बर्षिय इश्वर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सन्जाल फेसबुकमा डा.सागर थापा एमविविएस युडिटिसी बंगलादेश एनएमसी ५२९ परिचय राखेको र बिर अस्पतालमा कार्यरत भएको बताएका इश्वरले बालिकालाई अनुचित प्रभावमा पारी गत जेठ ५ गते बलात्कार गरेको भन्दै असार दोश्रो साता प्रहरीमा उजुरी परेपछि प्रहरीले थापालाई आइतबार देवघाट–२ स्थित उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालिकालाई बलात्कार पछि भागेर केही दिन काठमाडौं लुक्न गएका उनी पुनः फर्केर गाउँ आएका थिए । गाउँ आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका थापालाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धानकोलागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका