पत्रकारिताको धारमा बहस गरौः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन १

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् ।

अहिले नकरात्मक धार फितलो हुँदै गएको उल्लेख गर्दै उनले सृजनशील, रचनात्मक र समाधानमुखी पत्रकारिता आवश्यक रहेको बताएका छन् ।

नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको पनि छ । पत्रकारितालाई सही बाटो हिडाउँन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी छ, अध्यक्ष बस्नेतले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनको लागि सक्रियता देखाएको छ ।

युट्युबसहित सामाजिक सञ्जाल मार्फत चलेका मिडियामाथि समेत कडा निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण