करारका कर्मचारीको म्याद कानुनी आधारमा नथपिएको होः भानु नगर प्रमुख त्रिपाठी

Devghat Online

शेयर गरौ

दमौली, साउन ३

तनहुँको भानु नगरपालिकाका करारका कर्मचारीको म्याद कानुनी आधारमा नथपिएको नगर प्रमुख त्रिपाठीले बताएका छन् । नगरपालिकाको १४ औं नगरसभा मार्फत ६ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय भएको हो ।

महालेखा परिक्षकको कार्यालयले कानुनविपरीत नगरपालिकाले करारमा कर्मचारी राखेको भनी पटक–पटक प्रतिवेदनमा उल्लेख गर्दै आएकोले ६ जना कर्मचारीहरुको करार अवधि नथप्ने निर्णय गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताएका छन् ।

नगर प्रमुख त्रिपाठीले महालेखा परीक्षकको कार्यालयको बुँदा नम्बर २७ मा स्थानीय सरकार सन्चालन ऐन २९७४ को दफा ८३ मा स्थानीय तहले संगठन तथा ब्यवस्थापनका सर्भेक्षणको आधारमा स्थायी कर्मचारी तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नु पर्ने उल्लेख भएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७४ चैत्र १४ मा जारी गरिएको स्थानीय तहमा करारमा जनशक्ति ब्यवस्थापन गर्ने कार्यविधि २०७४ मा स्वीकृत दरबन्दी भन्दा बाहिर अन्य रुपमा कर्मचारी राखी तलबभत्ता वा पारिश्रामिक भुक्तानी गर्न नमिल्ने र त्यस्तो कार्य प्रचलित कानुन विपरित हुने हुँदा भुक्तानी गर्ने पदाधिकारीबाट असुल उपर हुने ब्यहोरा पटक–पटक उल्लेख भएकाले पनि त्यस्ता कर्मचारीहरुको सेवा अवधि थप नगरिएको बताए ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कानुन विपरीत राखेका कर्मचारीहरूको सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउन आदेश दिएसँगै मलेपको प्रतिवेदनमा नाम नै तोकिएका छ जना कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल