प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाबाट दुई तिहाई विश्वासको मत

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गरेका छन्।

गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका छन् भने विपक्षमा ७४ सांसदले मतदान गरे।

सभामुख देवराज घिमिरेले दिएको जानकारी अनुसार, आइतबारको प्रतिनिधि सभा बैठकमा २६३ सांसद उपस्थित थिए। उपस्थितमध्ये ओलीलाई १८८ सांसदले विश्वासको मत दिएका हुन्। एक जना सांसद भने तठस्थ बसेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते मध्यराति भएको सहमतिअनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए।

गत असार २८ गते निवर्तमान प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वासको मत गुमाएपछि ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए।

अन्य कसैको दाबी नपरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले गत असार ३१ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

यी दुई दलबीच भएको समझदारी अनुसार, ओलीले पहिले दुई वर्ष र त्यसपछि ०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण