दमौली अस्पतालमा गत आर्थिक वर्षमा ९८३५६ जनाले सेवा लिए

Devghat Online

शेयर गरौ

दमौली, साउन १३

दमौली अस्पतालमा गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । गन्डकी प्रदेशका अस्पतालहरु मध्ये १०० शैयाको बाग्लुङको धौलागिरी अस्पताल पछि दमौली अस्पतालमा सबैभन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार अस्पतालमा आकस्मिक सेवा लिनेको संख्या १६ हजार ८०० रहेको छ भने भर्ना भएर उपचार गर्नेको संख्या १३६४ जना रहेको छ ।

त्यस्तै ३० हजार ६५३ को ल्याब परिक्षण गरिएको थियो । त्यसैगरि २ हजार ९५९ जनाले अप्रेसन सेवा तथा २९८ जनालाई प्रसुती सेवा दिईएको अस्पतालका प्रमुख डा. बरालले जानकारी दिए । गत आर्थिक वर्षमा दमौली अस्पतालमा डेंगु पोजेटिभ केस २३८६ जनाको उपचार गरिएको थियो ।

२०२८ सालमा स्थापना भएको सो अस्पताल २०५० प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सेवा सन्चालन गरिएको थियो । त्यस्तै २०५९ बाट १५ शैया अनुमति प्राप्त गरि सन्चालन गरिएकोमा हाल ३५ शैया आफै थप गरेर ५० शैया चलाएको डा. बरालले जानकारी दिए । अस्पतालमा हाल स्थायी, अस्थायी, करार र ज्यालादारीका गरि ११५ जना कर्मचारी रहेका छन् ।

उक्त अस्पताललाई भविष्यमा १०० शैया बनाउने तथा ब्लड बैंक सन्चालन, ट्रमा सेन्टर स्थापना, सर्पदंश उपचार केन्द्र सन्चालन तथा डायलासिस सेवा बिस्तार गरिने उद्देश्य रहेको डा. परिवर्तन बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।