बिभिन्न मुद्धाका फरार २ जना प्रतिबादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १३

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चोरी सम्बन्धी मुद्धाका दोषी शुक्लागण्डकी नगरपालिका–८ का २२ बर्षिय पुर्ण परियार भन्ने चित्र बहादुर परियारलाई शनिबार पक्राउ गरिएको छ । उनी विरुद्ध तनहुँ जिल्ला अदालतले २०८० चैत १५ गते १ वर्ष ११ महिना २ दिन कैद सजायको फैसला गरेको थियो । उनी पाँच वर्ष यता फरार रहेका थिए ।

त्यसैगरि हातहतियार तथा खरखजना सम्बन्धी मुद्धाका दोषी घिरिङ गाउँपालिका–४ करुवाटारका ६० बर्षिय टेक बहादुर सोती मगरलाई पनि शनिबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध तनहुँ जिल्ला अदालतले २०८० चैत १५ गते २ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । उनी पाँच महिना यता फरार थिए ।

पक्राउ परेका दुबैलाई आइतबार तनहुँ जिल्ला अदालत पेश गरि सजाय भुक्तानकोलागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले