बिभिन्न मुद्धाका फरार २ जना प्रतिबादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १३

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चोरी सम्बन्धी मुद्धाका दोषी शुक्लागण्डकी नगरपालिका–८ का २२ बर्षिय पुर्ण परियार भन्ने चित्र बहादुर परियारलाई शनिबार पक्राउ गरिएको छ । उनी विरुद्ध तनहुँ जिल्ला अदालतले २०८० चैत १५ गते १ वर्ष ११ महिना २ दिन कैद सजायको फैसला गरेको थियो । उनी पाँच वर्ष यता फरार रहेका थिए ।

त्यसैगरि हातहतियार तथा खरखजना सम्बन्धी मुद्धाका दोषी घिरिङ गाउँपालिका–४ करुवाटारका ६० बर्षिय टेक बहादुर सोती मगरलाई पनि शनिबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध तनहुँ जिल्ला अदालतले २०८० चैत १५ गते २ महिना १० दिन कैद सजायको फैसला गरेको थियो । उनी पाँच महिना यता फरार थिए ।

पक्राउ परेका दुबैलाई आइतबार तनहुँ जिल्ला अदालत पेश गरि सजाय भुक्तानकोलागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।