सबै कार्यकर्तालाई योग्यता र क्षमता अनुसार जिम्मेबारी दिइन्छः केन्द्रीय सदस्य सिग्देल

Devghat Online

शेयर गरौ

दमौली, साउन २०

नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देलले सबै कार्यकर्तालाई योग्यता र क्षमता अनुसारको जिम्मेबारी दिइने बताएका छन् । हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्जको जिम्मेबारी पाएपछि आईतबार केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिग्देलले आफुले जिल्लाका सबै नेता तथा कार्यकर्ताको भावना बुझेको भन्दै जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रिया अबलम्बन गर्दा केही साथीहरु जिल्ला कमिटि बाहिर परेपनि अव उनीहरुको योग्यता, क्षमता, लगनशिलता र इमानदारीता हेरेर जिम्मेबारी दिईने बताए ।

तनहुँको पार्टीको काम र कार्यकर्तासँग आफु निकै परिचित भएको हुँदा आफुलाई तनहुँको पार्टीको काम गर्न कुनै समस्या नहुने सिग्देलले बताए । ‘सबैलाई समेटेर लैजाने विषयमा म अत्यन्तै गम्भिर छु’ सिग्देलले भने ‘सबै कार्यकर्ताको भावनाको सम्मान गरेर उनीहरुको योग्यता, क्षमता, लगनशिलता र इमानदारीता हेरेरे अब जिम्मेबारी दिईन्छ ।’

सिग्देलले पार्टीले आफुलाई महत्वपुर्ण जिम्मेबारी दिएको हुँदा उक्त जिम्मेबारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताए । पार्टीले दिएको जिल्ला इन्चार्जसिपको जिम्मेबारीलाई इमानदारीका साथ पुरा गर्ने सिग्देलको भनाई थियो ।

सिग्देलले नेकपा एमाले तनहुँलाई २०७४ कै जस्तो शक्तिशाली पार्टी बनाईने बताए । २०७४ को निर्वाचनमा तनहुँको २ वटै संघिय निर्वाचन क्षेत्र र २ वटा प्रदेश निर्वाचन क्षेत्रमा बिजय प्राप्त गरि जुन आकार ग्रहण गरेको थियो, त्यही आकारमा अव तनहुँको एमालेलाई पु¥याईने सिग्देलले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक