एमाले तनहुँको प्रशिक्षण सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

नेकपा एमाले तनहुँको आयोजनामा गत शनिबारबाट भएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्नको लागि नेकपा एमालेलाई अझ बलियो बनाउनु पर्ने बताए । अहिले पार्टीका अध्यक्षको नेतृत्वमा बनेको सरकारलाई सफल बनाउनकोलागि सबै कार्यकर्ताहरु लाग्नुपर्ने गुरुङले बताए । सबै योग्य र क्षमता भएका कार्यकर्ताहरुलाई जिम्मेबारी दिनुपर्ने भन्दै गुरुङले सबै कार्यकर्तालाई समेटेर जानुपर्ने बताए ।

जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा आयोजित प्रशिक्षण समापन कार्यक्रममा पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय स्कुल विभागका सदस्य सुन्दर लामिछाने, निवर्तमान जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षणमा सिकेका सिपलाई आफ्नो ठाउँमा प्रयोग गर्नुपर्ने बताए ।

तिन दिनसम्म चलेको सो तालिममा केन्द्रीय उपमहासचिव एवं केन्द्रीय स्कुल विभागका प्रमुख, प्रदिप ज्ञवाली, केन्द्रीय सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य इश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सदस्यहरु हस्त पण्डित, सुन्दर लामिछाने, केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी लगायतले प्रशिक्षण दिएका थिए । तालिममा जिल्ला कमिटि, लेखा कमिटि र अनुशासन कमिटिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

प्रशिक्षणको अन्तिम दिन सहभागीहरुलाई ६ समुहमा विभाजन गरेर तनहुँ जिल्लाका शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सिंचाई, पर्यटन र कृषिको क्षेत्रमा भएका समस्याहरु प्हिचान गरि प्रस्तुत गरिएको थियो । जिल्ला कमिटिका सदस्यहरुले पहिचान गरेका उक्त समस्याहरु आगामी साउन २५ गते हुने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रममा छलफल गरिने एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले बताए । सो कार्यक्रमको सन्चालन सचिव अधिकारीले र धन्यवाद मन्तव्य उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका