वेपत्ता भएको १५ वर्ष पछि पारिवारिक पुर्नमिलन

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

१५ वर्ष देखी परिवारसँग सम्पर्क विहिन भएकी महोत्तरी जिल्ला मण्ड शिसुवा नपा–९ बस्ने ४४ वर्षिया दौलत देबी शाहको इलाका प्रहरी कार्यालय बन्दिपुरले पुर्नमिलन गराएको छ ।

२०६५ सालमा पति लालबाबु शाहको मृत्य भएपछि दौलतदेवी घरबाट बेपत्ता भएकी थिइन् । यसैक्रममा उनी गत साउन १७ गते बन्दिपुर गाउँपालिका–३ सुखौरामा भेटिएकी थिइन् । सुखौरामा वेवारिसे अवस्थामा फेला पारी बन्दीपुर अस्पतालमा उपचार गराई उनीसँग सोधपुछ गर्दा महोत्तरी घर बताएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी बथनाह महोत्तरीसँग समन्वय गरि उनले बताए बमोजिमको घर ठेगानामा खोजी कार्य गर्दा उनको पहिचान भएको इप्रका बन्दिपुरले जनाएको छ ।

उनको २ छोरी र १ छोरा रहेको छोरा रोशन शाह भारतको मुम्बईमा रोजगारको सिलसिलामा बैकमा काम गर्ने भन्ने पुष्टि भएपछि छोरालाई सम्पर्क गरि सोमबार छोराको जिम्मा लगाईएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण