जुवातास खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

जुवातास खेल्दै गरेको अवस्थामा आइतबार प्रहरीले ब्यास नपा–४ भोर्लेटार चोकबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ बर्षिय प्रधुन्न पण्डित क्षेत्री, ४६ बर्षिय मान बहादुर थापा मगर, ६० बर्षिय अकल बहादुर खत्री, ४५ बर्षिय अशोक कुमार आले र ३४ बर्षिय बिरेन्द्र घिमिरे रहेका छन् ।

भोर्लेटार चोक स्थित तनहुँसुर मिनि मार्ट भित्र रहेको सिता पाहारीले सन्चालन गर्दै आएको कालिका होटलमा अबैध रुपमा जुवा (तास) खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट नगद आठ हजार पाँच रुपैया पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण