चितीखोलामा पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ २९

ग्रीन हिमालय फार्मस्टे भानु नपा–९ चितीखोलाको आायोजनामा शनिबार ‘आधा सताव्दी’ पुस्तकको परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटनका लागि साहित्य नारा सहित चितीखोला साहित्य यात्रा–२०८१ अन्तर्गत सन्चालन भएको उक्त कार्यक्रममा देशका विभिन्न भागबाट आएका साहित्यकारहरुले उक्त पुस्तकको बारेमा चर्चा गर्दै रचना वाचन समेत गरेका थिए ।

भानु नपा–९ का वडा अध्यक्ष मिनबहादुर गुरुङको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रमको प्रमुख अतिथी धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा रहेका थिए । उक्त कार्यक्रममा साहित्कारहरु डा.रजनी ढकाल, डा.विन्दु शर्मा, प्रभा बराल, जयराम बिडारी, माधव घिमिरे, दिल पौड्याल, नविन पल्लभ, राजेन्द्रमान डंगोल, राजकुमार बानिया, रामप्रसाद सापकोटा, दिपक महत, रमेश धमला र राजेन्द्रप्रसाद सुवेदी लगायतले साहित्य रचना वाचन गरेका थिए ।

उक्त कार्यक्रममा फार्मस्टेका सन्चालक राजेन्द्रदेव पाण्डे र गिता अधिकारीले साहित्यकारहरुलाई स्वागत गर्दै फार्मस्टेको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका