देवघाटमा मगर भाषा सम्बन्धि अन्तरिक्रया सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २९

देवघाट मगर संघको आयोजनामा मगरहरुको मातृभाषा मगर भाषा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

देवघाट मगर संघकी अध्यक्ष अमृता थापा मगरको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपमहासचिव सिदान्त थापा मगर तथा नेपाल मगर संघ तनहुँका उपाध्यक्ष एबम् देवघाट गाउँपालिका इन्चार्ज हर्क थापा मगरले मगर भाषा सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सिद्धान्त थापा मगरले अब देशको प्रमुख राजनीतिक पदहरुमा मगर जातीका व्यक्तिहरुको प्रतिनिधित्व गराउनु पर्ने बताए । यसकोलागि अहिलैबाट २० वर्षे योजना ल्याउनुपर्ने उनको भनाई थियो । मगर भाषा र सस्कृतिलाई जोगाउन र पहिचान गराउन सबै मगरहरु एकजुट हुनु पर्ने उनको भनाई थियो ।

मगर संघ तनहुँका उपाध्यक्ष हर्क थापा मगरले अबको समयमा हरेक पदमा मगर हुन पर्ने र मगरहरुपछि परेको हुदा यसको लागि समय समयमा क्षमतावृद्धिको लागि कार्यक्रम ल्याउने मगरले बताए । उक्त कार्यक्रममा युवाहरुको लागि खेलकुँदका सामाग्री पनि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले