बन्दीपुरका जनप्रतिनिधिले पाउने मासिक भत्ता विकास निर्माणमा

Devghat Online

शेयर गरौ

बन्दीपुर, भदौ ३१

तनहुँको बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले पाउने मासिक बैठक भत्ता रकम विकास निर्माण कार्यमा खर्च गरिएको छ । गाउँपालिकामा रहेका चौतिस जना जनप्रतिनिधीले भत्ता रकम सडक,पानी,स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा खर्च गरेका हुन् ।

विसं २०७९ सालमा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता समेत नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौं, उनले भने “निर्णय नगरेपनि सबै जनप्रतिनिधिले पाउनेभत्ता लिएका छैनौ ।”

एक बर्षको अवधिमा जनप्रतिनिधीका लागि बैठक भत्तामा करिब १८ लाख खर्च हुने उनले बताए। त्यसैगरी अवलोकन भ्रमण बापत एक बर्षमा खर्च गरिने १५ लाख समेत विकास निर्माणमा खर्चिदै आएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

बेजिल्ला जाँदा जनप्रतिनिधिका लागि भत्ता बापत छुट्टाइएको ६ लाख समेत खर्च गरिएको छैन्,उनले भने “विकास निर्माण कार्यमा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।