विभिन्न कार्यक्रम गरि राष्ट्रिय शिक्षा दिवस मनाइयो

Devghat Online

शेयर गरौ

देवघाट, असोज २

राष्ट्रिय शिक्षा दिवस–२०८१ तनहुँका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गरि मनाइयो । यस वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालिगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइयो ।

शिक्षा दिवसको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको महत्वको बारेमा मन्तव्य राखेका थिए । उक्त अवसरमा दिर्घ सेवा गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो । सबै स्थानीय तहले आफ्नो पालिका भित्रका दिर्घ सेवा गर्ने शिक्षकहरुलाई सम्मान गरेका थिए ।

उक्त अवसरमा शैक्षिक सत्र २०८० मा राष्ट्रिय परिक्षा बोर्ड र माध्यमिक तहको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० को परिक्षामा गुरुकुल तर्फ नेपाल प्रथम हुन सफल भएकोमा गुरुकुलका प्राधानाध्यापक डा.स्वामी विमलानन्द सरस्वती र नेपाल प्रथम हुन सफल श्रीधर पाण्डेयलाई गाउँपालिकाले सम्मान गरेको थियो ।

यसैगरि माध्यमिक तहको परिक्षामा देवघाट गाउँपालिका भरि सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने कालिका मावि देवघाटका छात्र अर्जुन रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय परिक्षा बोर्ड र माध्यमिक तहको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने अन्य विषय शिक्षक र विद्यार्थीहरुलाई पनि देवघाटमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक