देवघाट बुद्धिजिवि परिषदको भेला सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज ७

देवघाट वुद्धिजीवी परिषदको भेला सोमबार देवघाटमा सम्पन्न भएको छ । देवघाट बुद्धिजिवि परिषदका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा सदस्य बुद्धि बाहादुर पाण्डे, वडा सदस्य कमला गुरुङ, देवघाट वुद्धिजिवी परिषदका उपाध्यक्ष शिवराज पौडेल, सचिव सुर्य बहादुर राना, कोषाध्यक्ष भगवान मल्ल, सदस्य जयकृष्ण सुवेदी, शिवदत्त ढकाल, चन्द्र प्रकाश दवाडी, सोमनाथ ढकाल, नेपाल रेडक्रस सोसाईटी देवघाटका सभापती गोविन्द प्रसाद न्यौपाने, हरिहर आश्रमका अर्जुन पाण्डे, दिव्यदेव पौडेल, राजेन्द्र बोकटी, देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, वडा नम्बर ५ का वडा सदस्य कमला गुरुङ, नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव सान श्रेष्ठ, नेकपा माओवादीका किरण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा यस अघिको कार्य समितिका केही सदस्यहरु फेरबदल समेत गरिएको छ भने केही नयाँ सदस्यहरु थप गरिएको छ । थप हुने सदस्यहरुमा सोमनाथ ढकाल, बलबहादुर थापा क्षेत्री, निश्मा थापा, किरण सुवेदी रहेका छन् ।

बुद्धिजिवि परिषदले देवघाटमा रहेका विकृती विसङ्गतीमा आवाज उठाउदै देवघाटलाई सुन्दर बनाउन पहल गर्ने डा.श्रेष्ठले बताए । अब गाउँपालिकाका ५ वटै वडामा गएर बुद्धिजिवि परिषदले काम गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण