मधुवन सामुदायिक वनको अवलोकनमा वन महासंघ र १७ स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरु देवघाटमा

Devghat Online

शेयर गरौ

देवघाट, असोज ७

देवघाट गाउँपालिका–५ मा रहेको मधुबन सामुदायिक बनको गतिविधि अवलोकनकोलागि देशका विभिन्न जिल्लाका १७ वटा स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरु सहित सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय महासंघका प्रतिनिधिहरु देवघाट आएका छन् ।

उनीहरुले आइतबार मधुवन सामुदायिक वनको कार्यालयमा आई उक्त सामुदायिक वनले गरेका राम्रा कामहरुको अवलोकन गरेको मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले बताए । उक्त अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना समेत गरिएको थियो ।

पर्यापर्यटन र धार्मिक पर्यटनको महत्व बोकेको मुधवन सामुदायिक वनले गरेको सफलताको कार्यहरुको बारेमा उक्त अवसरमा जानकारी गराईएको अध्यक्ष गिरीले बताए । उक्त अवलोकन कार्यक्रमले मधुवनको क्षेत्रलाई थप पर्यटकीय क्षेत्र बनाउन आफुहरुलाई सहयोग पुगेको उनले बताए ।

उक्त वनको क्षेत्रलाई पिक्निक क्षेत्रको रुपमा विकास गर्न केही पुर्वाधारहरु निर्माण गर्न बाँकी रहेको र त्यसकोलागि पनि काम भईरहेको उनले बताए । हरियाली वातावरण सिर्जना अम्रिसो, बाबियो लगायतका विरुवा रोपण गर्ने तयारी भएको उनले बताए । मधुवन धेरै धार्मिक आस्था बोको स्थान रहेको हँुदा त्यसको पहिचान गरि अब मधुबनलाइ पर्यटकीय क्षेत्र बनाइ देवघाटकै नमुना बन बनाउने अध्यक्ष गिरीले बताए । मधुवनको गतिविधि अवलोकनकोलागि २ महिना पछि स्विडेनका १५ जना नागरिक आउने अध्यक्ष गिरीले बताए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक वन भित्र पर्यापर्यटनलाई जोड दिएको छ । १७७.०४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन क्षेत्र भित्र पर्यापर्यटनको विकासको लागि पुर्वाधारहरु तथा उद्यानहरु निर्माण गरिएको छ । यसैगरि वन क्षेत्र भित्र शारीरिक व्यायमको लागि जिम पार्क, भ्यु टावर, जैविक पौडी पोखरी र श्रीखन्ड बाटिका निर्माण गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गिरीले बताए ।

त्यसैगरि उक्त वनको क्षेत्रमा स्थानीय गुरुङ समुदायको चिहान तथा सन्सारी माईको थान समेत रहेको छ । उक्त सामुदायिक वनको कार्यक्षेत्र भित्र ३३९ घरधुरीका १५९५ जनसंख्या रहेको छ । वनमा चराचुरूङ्गी अवलोकन, उद्यान तथा पार्कमा विश्राम, जिम पार्कको शारीरिक व्यायम, भ्यु टावरको अवलोकन जंगल घुम्ने, पैदलयात्रा गर्ने आदिका कारण सर्वसाधरणको आकर्षण बढेको अध्यक्ष गिरीले बताए । पर्यटकको रोजाइमा सामुदायिक वन क्षेत्र बनाउन सके स्थानीयस्तरमै थप रोजगारीका अवसर, स्थानीय जीवनस्तरमा सुधार र सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र दिगोपना ल्याउन सकिने अध्यक्ष गिरीले बताए ।

उक्त सामुदायिक वनले पर्यापर्यटन मात्र नभई वन क्षेत्रका उपभोक्ताहरुको शैक्षिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पनि विभिन्न सहयोग गर्दै आएको समुहका अध्यक्ष गिरीले बताए । अपाङ्गता भएका तथा फरक क्षमता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने तथा वन क्षेत्र भित्रका खेलाडीहरुलाई खेलकुँद सामाग्री वितरण तथा विभिन्न सचेतना मुलक तालिम पनि आयोजना गर्दै आएको अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक