पत्रकार महासंघको विवाद समाधान गर्ने जिम्मा पुर्व अध्यक्षहरुलाई

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज ९

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिबारे सिर्जित विवाद समाधान गर्ने जिम्मा सात जना पुर्व अध्यक्षहरुलाई दिईएको छ । महासंघको कार्यवहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा बुधबार भएको उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले पुर्व अध्यक्ष डा.सुरेश आचार्यको संयोजकत्वमा विवाद समाधान समिति गठन गरिएको हो ।

समितिमा पुर्वअध्यक्षहरु तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्य रहेका छन् । उनीहरुलाई सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्ने जिम्मेवारी दिईएको छ ।

२०८१ जेठ २६ गते, असार २२ र असोज ५ गते घोषणा गरिएका तीनवटा निर्वाचन तोकिएको मितिमा हुन नसकेको अवस्थामा महासंघका अध्यक्ष विपुल पोखे्रलले २०८१ भदौ २४ गते पदबाट राजीनामा दिएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि २०८१ असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको थियो । उक्त दिन पनि निर्वाचन हुन नसक्ने भएपछि कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका थिए ।

म्हासंघको मतदाता नामावली सम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र पनि बुझाएका थिए । यसै सन्दर्भमा असोज ९ गते बुधबार केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको महासंघका महासचिव रोशन पुरीले जनाएका छन् ।

उक्त परामर्श पछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला÷प्रदेश अध्यक्षहरूको सल्लाह÷सुझाव परामर्शलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक