पर्यटन दिवसमा भिजिट बन्दीपुर घोषणा गरिने

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ९

पहाडकी रानीको रुपमा चिनिने पर्यटकीय नगर बन्दीपुरमा भिजिट बन्दीपुर–२०२५ घोषणा गरिने भएको छ । आगामी सेप्टेम्वर २७ तारिख, असोज ११ गते पर्यटन दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइने बन्दिपुर गाउँपालिकाले जनाएको छ । उक्त दिन भिजिट बन्दिपुर–२०२५ को घोषणा समेत गरिने भएको छ ।

बन्दिपुरको सुन्दर पर्यटनलाई देशबिदेशमा प्रचार प्रसार गरि पर्यटन प्रबद्र्धनका कार्यक्रम गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उक्त अवसरलाई भिजिट बन्दीपुर घोषणा गरी बन्दीपुर घुम्ने भ्रमण बर्षको रुपमा लिइएको अध्यक्ष थापाले बताए । उक्त दिन बन्दिपुर सडक खाना महोत्सव समेत हुने भएको छ । बन्दिपुरको पर्यटन प्रबद्र्धनलाई उक्त कार्यक्रमले टेवा पुग्ने अध्यक्ष थापाले बताए । पर्यटनबिदहरुको सल्लाहामा बन्दिपुरको पर्यटन उकास्ने कार्यक्रम सन्चालन गरिने अध्यक्ष थापाले बताए ।

बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन विकास समितिको आयोजनामा हुने उक्त कार्यक्रममा बन्दिपुरको पर्यटन विकासकोलागि विज्ञहरुबाट कार्यपत्र समेत प्रस्त्ुत हुने बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । भिजिट बन्दिपुर–२०२५ मा वर्षभरी नै बन्दिपुरमा पर्यटन प्रबद्र्धनका विभिन्न कार्यक्रम गरिने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

संसारभर बन्दिपुरको पर्यटनको प्रचार गर्ने र धेरै भन्दा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिईएको अध्यक्ष थापाले बताए । साथै पोखरा, चितवन, काठमाण्डौं, लुम्बिनी लगायतका ठुला शहरमा गई घुमौ बन्दिपुरको कार्यक्रम पनि प्रचार प्रसार गरिने भएको छ । बन्दिपुरको पर्यटन प्रबद्र्धनकै क्रममा आगामी माघ महिनामा बन्दिपुरमा अन्तराष्ट्रिय साईक्लिङ प्रतियोगिता हुने भएको छ । संसारभरीका साइििक्लष्टहरुलाई बन्दीपुरमा जम्मा गरेर प्रतियोगिता गरिने योजना रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

पर्यटनलाई आम्दानीको मुख्य श्रोत ठान्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने अध्यक्ष थापाले बताए । विशेष संरक्षित क्षेत्र तथा पौराणिक शहरको रुपमा रहेको बन्दिपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्नके कार्यक्रम सन्चालन गरिने छ । गन्डकी प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य एवं पाहाडकी रानीको नामले परिचित बन्दिपुरका ६ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासकालागि बन्दिपुर गाउँपालिका पर्यटकीय केन्द्र बनाईने भएको छ । साथै बन्दिपुरमा रहेका होमस्टेहरुको संरक्षण र सम्बद्र्धनकोलागि होमस्टे सर्किटको विकास गरिने भएको छ । बन्दिपुरमा प्याराग्लाडिङ, जिप लाईन, जिप फ्लाईङ जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिने पनि अध्यक्ष थापाले बताए ।

सभ्य समाजको गाउँ–बन्दिपुर घुम्न जाऔं भन्ने नारालाई सार्थक बनाउन पर्यटक लक्षित कार्यक्रम सन्चालन गरिने भएको छ । बन्दिपुर गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन विभिन्न भाषामा क्यु आर कोर्डको व्यवस्था गरिएको छ । पर्यटकीय स्थलको रुपमा रहेको बन्दिपुरको पर्यटनलाई कृषिसँग जोड्न रैथानेबालीको संरक्षण र प्रबद्र्धनको कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । एग्रो टुरिजमको नीति मार्फत पर्यटनलाई कृषिसँग आवद्ध गरिने नीति लिईएको गाउँपालिकाले जनाएको छ ।

यसैगरि पर्यटनको विकासकोलागि बान्दिपुर गाउँपालिका भित्र रहेका पर्यटकिय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरुमा रहेका प्राकृतिक शिलाहरुलाई थप आकर्षक बनाइने भएको छ । गाउँपालिका भित्र रहेका पौराणिक चौतारा ठाँटी एवंम् बगैचाहरुको संरक्षण सम्वर्धन र प्रवद्र्धन गरिने कार्यक्रम सन्चालन गरिनेछ । बन्दिपुरको पच्चिस पोखरी ताल पार्कको निर्माण कार्य यसै वर्ष सुरुवात गरिने तथा वृहत झप्री फाँट जलाशय र देवि थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन कार्य अगाडी बढाइने गाउँपालिकाले जनाएको छ । बन्दिपुरका युवाहरुलाई पर्यटन व्यवसायप्रती आकर्षित गर्न विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गरिनेछ भने पर्यटन पूर्वधारको विकास गरी ‘बन्दिपुरको हरेक गाउँ, पर्यटकीय ठाउँ’ को रुपमा प्रवद्र्धन गराईने भएकोछ ।

गाउँपालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थाहरूलाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गरिने, उज्यालो बन्दिपुर अन्तर्गत उज्यालो पर्यटकिय गाउँ अभियानलाई निरन्तरता दिइने तथा सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्र लगायतका पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीति लिईएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा