विहिबारबाट मनसुन सक्रिय, ५६ जिल्ला उच्च जोखिममा

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

बिहीबारदेखि मनसुन सक्रियन हुने भएको छ । आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरेको छ ।

विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको तनहुँ सहित १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्च जोखिम रहने जानकारी दिएको छ ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण देशभर मनसुन सक्रिय भएको विभागले जनाएको छ । मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित वर्षा हुने विभागको भनाइ छ ।

वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम रहेको छ । रातको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाई छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू