बाढीको चपेटामा देवघाटका धार्मिक, शैक्षिक तथा भौतिक संरचना (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट, असोज १२

त्रिशुली र कालिगन्डकी नदीमा आएको भिषण बाढीको कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक संरचनाहरु चपेटामा परेका छन् । विहिबार रातीदेखी आएको वर्षाको कारण देवघाट गाउँपालिका हुँदै बग्ने त्रिशुली र कालिगन्डकी नदीमा आएको बाढीले ठुलो क्षती पुर्याएको छ ।

कालिगन्डकी नदीमा आएको बाढीले देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित साँढेबगरमा रहेको महादेव आधारभुत विद्यालय डुबानमा परेको छ । विद्यालय भवन बाढीले डुबाएको कारण विद्यालयको सबै काजगात नष्ट भएको विद्यालयका प्रअ शिवहरी वाग्लेले बताए ।

यसैगरि त्रिशुली नदीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशुलीमा पानीको सतह अत्याधिक बढेपछि शनिबार दिउँसो बाढीले पुल नाघेर बगेको थियो । केही घन्टा उक्त पुलमा आवतजावत बन्द समेत गरिएको थियो । त्यसैगरि चितवनको १७ किलोबाट देवघाट–५ को बगन्दी जाने झोलुङ्गे पुल पनि त्रिशुली नदीमा आएको बाढीले क्षती पुगेको छ ।

यस्तै त्रिशुली नदीको बाढीले गलेश्वर आश्रम समेत जोखिममा परेको छ । गलेश्वर आश्रमको नदी तर्फको केही भाग नदीले बगाएको छ । यसैगरि त्रिशुली र कालीगन्डकी नदीमा आएको बाढीले देवघाट स्थित बेणी संगममा रहेका मठ मन्दिर, कुटी र चितवन तर्फ रहेको धर्मशाला डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल