बन्दीपुर केबलकार सञ्चालनमा

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १२

मर्मत सम्भारपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गतेदेखि बन्द गरिएकोमा १६ दिनपछि सुचारु गरिएको हो ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बन्दीपुर केबलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारलाई जोड दिएको र बिहीबार सुचारु भइसकेको केबलकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मर्मत सम्भारका लागि १६ दिन बन्द गरिएको थियो ।

बन्दीपुर गाउँपालिका वडा नम्बर ४ को डुम्रे बजार नजिकै केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दूरी ७ मिनेटमा पार गरी बन्दीपुर बजार पुग्न सकिन्छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जेठ ३१ गतेबाट व्यावसायिक रूपमा बन्दीपुर केबलकार सुचारु गरेको थियो । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले केबलकार सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।