बाढी पसेपछि विद्यालयको आर्थिक र शैक्षिक अभिलेख नष्ट, भौतिक संरचनामा क्षती, गाउँपालिका अध्यक्षद्वारा विद्यालयको निरिक्षण

Devghat Online

शेयर गरौ

देवघाट, असोज १३

देवघाट गाउँपालिका–५ साँढेबगर स्थित महादेव आधारभुत विद्यालयमा कालिगन्डकी नदीको बाढी पस्दा ठुलो क्षती भएको छ । शनिबार राती उक्त विद्यालयमा कालीगन्डकी नदीको बाढी पसी विद्यालय डुवानमा परेको थियो ।

विद्यालयमा बाढी पसेपछि प्रशासनिक कक्षमा रहेको सम्पुर्ण आर्थिक र शैक्षिक अभिलेख नष्ट भएको विद्यालयका प्रअ शिवहरी वाग्लेले बताए । प्रअ वाग्लेका अनुसार विद्यालयका सबै कक्षा कोठाको भौतिक सम्पत्तीहरु प्नि क्षती भएका छन् । साउन्ड सिष्टम, कार्पेट, टेवल, कुर्सी, खाद्यान्न, पकाउने भाडा बर्तन, खेलकुँद सामाग्री लगायतका संरचनामा क्षती पुगेको छ । साथै गत आर्थिक वर्षको लेखा परिक्षणको लागि तयार पारिएको बिल भरपाई र भौचरहरु समेत सबै नष्ट भएको प्रअ वाग्लेले बताए ।

बाढीले विद्यालयमा क्षती पुगेपछि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आइतबार उक्त विद्यालयको निरिक्षण गरेका थिए । निरिक्षण पछि जतिसक्दो चाँडो विद्यालयको क्षती भएको संरचना पुननिर्माण गरि पढाई सुचारु गर्ने वातावरण मिलाउने अध्यक्ष थापाले बताए ।
यसैगरि इलाका प्रहरी कार्यालय देवघाटले पनि आइतबार नै विद्यालयको निरिक्षण गरि मुचुल्का तयार गरेको छ ।

यस अघि गत असार २२ गते आएको बाढीले पनि उक्त विद्यालय डुबानमा परेको थियो । उक्त विद्यालयमा १४ जना विद्यार्थी अध्ययनरत छन् । नदी किनारमा विद्यालय हुँदा हरेक वर्षायाममा विद्यालय जोखिममा परेको हुँदा अलि सुरक्षित स्थानमा विद्यालय सार्नुको विकल्प नभएको प्रअ वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि