निर्मल माविमा निशुल्क सिभिल इन्जिनियरिङ पढ्न पाइने, एसइईमा एनजी आएकाले पनि पढ्न पाउने

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

व्यास नपा–१ भादगाउँमा रहेको निर्मल माविमा विद्यार्थीहरुले निःशुल्क सिभिल इन्जिनियरिङ पढ्न पाउने भएका छन् । गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम अन्तर्गत प्रि–डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा निशुल्क भर्ना भएर पढ्न पाईने विद्यालयका प्रअ गणेशचन्द्र बस्नेतले बताए ।

‘सिप हुन्छ हातमा रोजगारी साथमा’ भन्ने मूल नाराकासाथ विद्यालयमा २४ महिने कोर्ष सञ्चालन हुने प्रअ बस्नेतले बताए । उक्त कार्यक्रममा पढ्नको लागि एसइई परिक्षामा एनजी आएका विद्यार्थीले पनि मौका पाउने भएका छन् । गण्डकी प्रदेशका ६ जिल्लाका ७ सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ ।

३० जना कोटा रहेको यस कार्यक्रममा प्रत्येक विद्यार्थीले हाजिरी दिनको एक सय रुपैया खाजा खर्च, औद्योगिक प्रशिक्षणको क्रममा न्यूनतम ज्यालको २५ प्रतिशत प्रोत्साहन रकम तथा पोशाक खर्च दुई वर्षको ६ हजार समेत प्राप्त गर्नेछन् । त्यसैगरी प्रत्येक विद्यार्थी हरुलाई ७ लाखसम्मको दुर्घटना बीमा समेत उपलब्ध हुने विद्यालयका प्रअ बस्नेतले बताए ।

उक्त कार्यक्रममा निशुल्क अध्ययनको अलावा भविष्यमा रोजगारीको सुनिश्चितता पनि हुनेछ । अध्ययनको क्रममा अत्याधुनिक प्रयोगशालाको व्यवस्था पनि रहेको प्रअ बस्नेतले बताए । उक्त कार्यक्रम अन्तर्गत पढ्न चहाने विद्यार्थीले आगामी असोज १८ गते सम्म आवेदन दिन पाउने र कात्तिक ३ गते प्रवेश परिक्षा हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक