देवघाटमा क्याम्पस स्थापना सम्भाव्यता अध्ययन समितिद्वारा राजनीतिक दलहरुसँग छलफल

Devghat Online

शेयर गरौ

देवघाट, असोज १५

देवघाटमा स्नातक तहको क्याम्पस स्थापनाकोलागि गठन गरिएको सम्भाव्यता अध्ययन समितिले मंगलबार देवघाटमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुसँग छलफल गरेको छ ।

सम्भाव्यता अध्ययन समितिका अध्यक्ष एवं कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरुले देवघाटमा क्याम्पस स्थापनाको अति नै आवश्यकता भएको हुँदा आफुहरुले उक्त अभियानमा साथ र सहयोग गर्ने बताएका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापती तिलबहादुर थापा, नेकपा एमालेका निवर्तमान गाउँ कमिटि अध्यक्ष एवं जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्रका गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक गोविन्द न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला  सदस्य दिवाकर मिश्र लगायतले क्याम्पस सन्चालनकोलागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त छलफलले क्याम्पस स्थापना सम्भाव्यता अध्ययन समितिमा नेकपा एमालेका जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपाने र नेपाली काँग्रेस वडा नम्बर ५ का सभापती सोमनाथ ढकाललाई सदस्य थप गर्ने निर्णय समेत गरेको संयोजक डा.श्रेष्ठले बताए ।

सम्भाव्यता समितीले हालसम्म गरेको अध्ययनपछि देवघाटमा स्नातक क्याम्पस अति नै आवश्यकता भएको महशुस भएपछि राजनीतिक दलका प्रमुखहरुसँग बैठक गरिएको संयोजक श्रेष्ठले बताए ।

क्याम्पस सन्चालनकोलागि आवश्यक पर्ने रकमको लागि देवघाटका सामुदायिक वनहरु, संघ सस्थाहरु र चन्दादाताहरुलाई भेला राखी बृहत् छलफल गरिने संयोजक श्रेष्ठले बताए । अव देवघाटमा क्याम्पस स्थापनाको समय नजिकै आईसकेको भन्दै संयोजक श्रेष्ठले बिकासका हरेक काममा पार्टीलाई आफ्नो ठाउँमा सबै मिलेर विना पुर्वाग्रह काम गर्ने हो भने सकारात्मक परिणाम निस्कने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय