युके निवासी थापाद्वारा बिद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री, मन्दिर निर्माणकोलागि १० लाख सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असोज १६

घिरिङ गाउँपालिका–२ काठेकोट घर भई हाल बेलायत बस्दै आएका समाजसेवी बेम बहादुर थापाले काठेकोटमा रहेको चण्डी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई  शैक्षिक सामाग्री र पोशाक वितरण गरेका छन् । हालै बिद्यालयमा आयोजित कार्यक्रममा थापाले विद्यालयका ४१ जना बिद्यार्थिलाई पोशाक र शैक्षिक सामाग्री बितरण गरेका थिए ।

यसैगरि समाजसेवी थापाले घिरिङको ऐतिहासिक धरोहर गजरकोट कोटनाहुँ मन्दिर निर्माणका लागि दश लाख रुपैया सहयोग गरेका छन् । थापाले मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दयाराम श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा थापाले करिब १ लाख रुपैयाँ बराबरको, शैक्षिक सामाग्री र पोशाक र काठेकोट टोलका महिलाहरुलाई लुङ्गी वितरण गरेका थिए ।

घिरिङ–२ को काठेकोटमा जन्मिएका थापा बेलायतमा बसोबास गरेपनि गाउँको बिकासमा सहयोग गर्दै आइरहेका छन् । आफुले गरेको सहयोगको स्थानीयहरुले सहि रुपमा सदुपयोग भएको भन्दै थप सहयोग गर्न आफुलाई प्रेरित गरेको थापाले बताए । आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले आफुलाई सहयोग गर्न प्रेरित गर्ने चण्डी आधारभूत बिद्यालयका प्रअ इमान सिंह थापा र समाजसेवी होम थापा लाई खादा र मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले गाउँपालिकाले विभिन्न ठाउँमा बिकास गर्न आफ्नो तर्फबाट लागी रहेको अबस्थामा बेम बहादुर जस्ता मनकारीहरुको सहयोगले घिरिङ समृद्धिमा थप टेवा पुग्ने बताए । सहयोग गरेकोमा अध्यक्ष थापाले समाजसेवी थापा र उनको पत्नि चित्रा थापालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनले चण्डी आधारभुत बिद्यालयमा बिद्यार्थीको अभाबले मर्ज हुने स्थितीबाट बचाएकोमा बिद्यालय परिवारलाई धन्यवाद दिए ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तुलराज थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लामो समय विद्यालयमा अध्यापन गरि अवकास भएका शिक्षिकहरु किरण आले र मनसरा थापालाई गाउँपालिका अध्यक्ष थापा र बिद्यालय परिवारवाट सम्मान गरिएको थियो । बिद्यालयका शिक्षक निल बहादुर थापाले कार्यक्रम सन्चालन गरेका थिए भने शिक्षिका शान्ता श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् । उक्त कार्यक्रममा समाजसेवी थापालाई काठेकोट नौमती बाजा समुहद्वारा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु