पृथ्वीराजमार्गमा दुर्घटना न्युनिकरण गर्न सडकले अटेर गरेपछि आबुँखैरेनीका अध्यक्ष चुमान आफै डोजर लिएर निस्किए

Devghat Online

शेयर गरौ

दमौली, असोज १५

पृथ्वीराजमार्गको आबुँखैरेनी गाउँपालिका चोकदेखी आबुँखैरेनी बजार चोकसम्मको सडकमा दिनहुँ दुर्घटना हुन थालेपछि उक्त दुर्घटना न्युनिकरण गर्न आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान एक्सनमा उत्रिएका छन् । उक्त सडक खन्ड अत्याधिक चिप्लो भएको कारण दिनहुँ दुर्घटना हुनथालेपछि आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले पटक–पटक जिल्ला समन्वय समितिका प्रमुख र डिभिजन सडक कार्यालयका प्रमुखहरु सहितको टोलीलाई अनुगमनको लागि ल्याएका थिए ।

अनुगमनपछि उक्त टोलीले सडक मर्मत गर्ने आश्यासन मात्र दियो तर काम भने गरेन । दुर्घटना झन दिन दिनै बढ्न थाल्यो । आफ्नै गाउँपालिका भवनको अगाडी रहेको सडकमा दिनहुँ दुर्घटना भएर सर्वसाधरण घाइते हुन थालेपछि गाउँपालिका अध्यक्ष चुमानले मंगलबार बिहान सामाजिक सन्जाल मार्फत साँझसम्मको अल्टिमेटम दिएका थिए । आश्वासनबाटमात्र आजित भएपछि आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले मंगलबार साँझसम्मको अल्टिमेटम दिएका थिए ।

उक्त समयसम्म पनि दुर्घटना न्युनिकरणको काम नभए गाउँपालिकाले चिप्लो सडक भत्काईएर खस्रो बनाउने चेतावनी दिएका थिए । आफ्नो अल्टिमेटमको समय सकिँदासम्म पनि सडक डिभिजन कार्यालय तनहुँबाट कुनै सुनुवाई नभएपछि आफ्नो चेतावनी अनुसार अध्यक्ष चुमान मंगलबार साँझ डोजर लिएर सडकमा निस्किए अनि चिप्लो भएको भाग भत्काउन थाले ।

‘उक्त दुर्घटनाको कारण अलकत्रा बग्नु हो भनेर सम्बन्धित निकायबाट हजार पटक जानकारी तथा अनुगमन र तत्काल मर्मतको आश्वासन पाइयो । तर काम भने भएन ।’ अध्यक्ष चुमानले भनेका थिए ‘चाड पर्व नजिकिदै जाँदा सडकमा चाप पनि बढ्ने हुँदा झन् अकल्पनीय घटना नहोला भन्न सकिन्न, प्रकृयाकै समस्या हो भने गाउँपालिकालाइ जिम्मेवारी देउ हामी आफै बनाउँछौ भन्दा पनि मिल्दैन, आज बेलुका सम्मपनि सम्बन्धित पक्ष मर्मत गर्न नआए डोजर लगाएर चिप्लो भाग फाल्ने जानकारी गराउदछौ, यती धेरै दुर्घटना हुँदा पनि न संघीय मन्त्री न संघिय जनप्रतिनिधिले संघीय सरकारको दायित्व भित्र को यो सडक मर्मत गर्न पहल नगर्नु दुखद कुरा हो । अब के डोजर लायो भनेर पालिकालाई मुद्धा लगाउन आउनु होला ?’

सडकमा अलकत्रा पोखिएर चिप्लो भएको कारण दुर्घटना भएको र उक्त चिप्लो भागमा हटाउन आफुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि गाउँपालिकाले नै सडकको चिप्लो भएको भाग खोस्रिएर दु्र्घटना नहुने बनाएको अध्यक्ष चुमानले बताए । दुर्घटनाबाट नागरिकको जिउ धन बचाउन आफुले चालेको कदमको कारण कुनै झमेला आए त्यसको सामना गर्ने अध्यक्ष चुमानले बताए ।

संघीय सरकारको मातहत रहेको पृथ्वीराजमार्गमा कानुनतः प्रदेश र स्थानीय तहले कुनै पनि काम गर्न पाउँदैन । उक्त सडकको मर्मत सम्भार, निर्माण, विस्तार तथा अन्य जुनसुकै काम पनि संघ सरकार मातहतको डिभिजन सडक कार्यालयको अधिकार क्षेत्र भित्र पर्छ । आबुँखैरेनी गाउँपालिकाले सडक भत्काएको बारेमा डिभिजन सडक कार्यालयले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न