घिरिङमा अख्तियारको सुशासन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असोज १७

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा तनहुँको घिरिङ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख आशमान तामाङले पारदर्शी काम गरेको भए डराउनु नपर्ने बताए, असल काम गरे उजुरी पर्छ फस्र्यौट हुन्छ तर गलत सोच बनाएर काम गर्न नहुने सुझाब दिए । ‘यो अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य भ्रष्टाचार नियन्त्रण र शुसासन कायम गर्नु हो’ उनले भने ‘घिरिङ गाउँपालिका बाट खासै उजुरी परेको छैन, आर्थिक बर्ष ०८१÷८२ मा घिरिङ बाट उजुरी शून्य रहेको छ ।

कार्यक्रममा सहभागीहरुले कृष्ण मोटरमार्ग मुद्धा परेर थप कार्य गर्न नपाएको गुनासो पोख्दै उक्त बिषयमा अख्तियारले सकेको सहयोग गर्न अपिल गरे, साथै कालीगण्डकीको नदिजन्य बस्तुको उत्खननमा सर्बोच्चले रोक लगाएको गुनासो राखेका थिए ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले कानुनको अज्ञानताले गरिएको अपराध लाई समेत माफी नदिने हुँदा नियत बस भ्रष्टाचार गर्ने आट कसैले गर्न नहुने बताए । साथै आफू लगायत जनप्रतिनिधि र कर्मचारीहरुबाट कुनै दिन गलत सोच नगर्ने प्रतिबद्धता गरे । यसै बिच उनले कृष्ण मोटरमार्ग मुद्दाको कारण बिकासमा अबरुद्ध भएपनि गाउँपालिकाबाट बिनियोजित बजेट बाट काम गर्ने बताए । अध्यक्ष थापाले नितिगत बेरुजु रहे फस्र्यौट गर्दै शुन्यान्तर गर्नु पर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर राना लगायतले अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरु घिरिङ गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधि हरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरू, प्रहरी, पत्रकार, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय