प्रधानमन्त्री राहतकोषमा व्यास नपाले पाँच लाख जम्मा गर्ने

Devghat Online

शेयर गरौ

दमौली, असोज २१

व्यास नगरपालिकाले प्राकृतिक प्रकोपका पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले देशभरिको विपत्तिमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहतकोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

हालसालैको आएको अति वर्षावाट प्रभावित व्यास नगरपालिका अन्तर्गतका सबै वडाहरूको विवरण अध्ययन गरी प्रभावित घर, खानेपानीका संरचना र सडक संरचनालाई पुनस्थापनामा सहयोग पु¥याउने पनि नगरपालिकाले निर्णय गरेको छ ।

बैठकले बडा दशै, शुभ दिपावली, छठ पर्व २०८१ र नेपालसम्मत ११४५ को उपलक्ष्यमा सम्पूर्ण नगरवासी दाजुभाई दिदीवहिनीहरूमा परस्पर सद्भाव र सकारात्मक सोचको विकास एवं सुस्वास्थ्यको कामना गर्दै वातावरण मैत्री नगरपालिका निर्माणमा सहयोग प्रदान गर्न र डेंगु लगायतका असरहरुबाट सचेत रहन समेत नगरवासीमा अनुरोध गरेको नगरपालिकाका प्रवक्ता जिवन गुरुङद्वारा जारि गरिएको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका