पत्नीको हत्या गरि भागेका भानुका बोटे गोरखाबाट पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज २२

भानु नपा–१ बोटेगाउँकी ३६ बर्षीया पुर्णमाया बोटेको हत्या गरि भागेका मृतकका पति ४० बर्षीय पन्चबहादुर बोटेलाई प्रहरीले गोरखा जिल्लाको पालुङटारबाट पक्राउ गरेको छ ।

पन्चबहादुरले सोमबार राती पत्निको डोरीले घाँटी कसेर भागेको आशंकामा प्रहरीले उनको खोजतलास गरेको थियो ।पन्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनि घरको चाबी फालेर भागेको प्रहरीले जनाएको छ ।

छिमेकीले प्रहरीलाई खबर गरि ढोका खोली हेर्दा पुर्णमायाको शव उत्तानो परेको अवस्थामा भेटिएको भन्सार प्रहरी चौकीले जनाएको छ । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ ।

घटना पछि भागेका पन्चबहादुरलाई गोरखा जिल्ला पालुङटार नपा–७ बिरुवाटारबाट मंगलबार बिहान पालुङटार प्रहरीले पक्राउ गरि भन्सार प्रहरी चौकीको जिम्मा लगाएका थिए । शवको पोष्टमार्टमकोलागि मंगलबार बिहान दमौली अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर