कोजाग्रत पूर्णिमामा गन्डकी प्रदेशमा विहिबार सार्वजनिक बिदा

Devghat Online

शेयर गरौ

दमौली, असोज ३०

बडा दसैँको अन्तिम दिन विहिबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको सूचना प्रकाशन गरेको छ ।

प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानु जयन्तीमा समेत बिदा दिएको थियो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक