तनहुँमा डेंगु संक्रमण दैनिक बढ्दै, बुधबारसम्म ३७४४ जना संक्रमित

Devghat Online

शेयर गरौ

दमौली, असोज ३०

तनहुँमा डेंगु संक्रमण दिन दिनै बढ्दै गएको छ । पछिल्लो एक सातामा तनहुँमा २ सय जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार गत असोज २२ गते ३५४६ जना डेंगु संक्रमित रहेको तनहुँमा असोज २९ गतेसम्म आइपुग्दा यो संख्या बढेर ३७४४ पुगेको छ ।

कार्यालयका अनुसार असोज २२ गते ३५४६ जना, असोज २४ गते ३६१५ जना, असोज २५ गते ३६६८ जना, असोज २७ गते ३७२२ र असोज २९ गते ३७४४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले दैनिक डेंगु संक्रमण बढिरहेको बताए । यो संख्या अझै कम्तीमा २ सातासम्म बढ्नसक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

असोज २९ गते मंगलबारसम्मको तथ्यांक अनुसार तनहुँमा सबैभन्दा धेरै आबुँखैरेनी गाउँपालिकामा १५६१ जनामा डेंगु संक्रमण रहेको छ । आबुँखैरेनीमा यो संख्या यस अघिको भन्दा कम हो । आबुँखैरेनीमा डेंगु क्रमशः नियन्त्रण हुँदै गएको तथ्यांकले देखाएको छ । आबुँखैरेनीलाई व्यास नगरपालिकाले पच्छ्याएको छ । व्यासमा डेंगु संक्रमणको दर निकै बढ्न थालेको छ । हालसम्म व्यासमा १३९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । व्यासमा असोजको पहिलो साता ६४८ जनामा डेंगु संक्रमण भएको थियो । उक्त संख्या असोज अन्तिममा आईपुग्दा दोब्बर भएको छ ।

यसैगरि व्यास पछि शुक्लागन्डकी नपामा ४४० जना, बन्दिपुर गाउँपालिकामा १३९ जना र देवघाट गाउँपालिका ५३ जनामा डेंगु संक्रमण भएको छ । यस्तै भानु नपामा ४३, म्याग्दे गाउँपालिकामा ४२ तथा ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ ।

निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म