नेपालले माल्दिभ्सलाई ११  गोलले हरायो

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक ५

काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा नै नेपालले पाहुना टोली माल्दिभ्स विरुद्ध ४ गोल गर्यो ।

खेलको पहिलो हाफ सकिदा नेपाल ४/० गोल अन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो र ११/० गोलअन्तर सहित नतिजा आफ्नो पक्षमा पार्यो । माल्दिभ्स विरुद्धको सानदार खेल प्रदर्शनमा रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे । यो जितसंगै ४ अङ्क बनाएको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो खेलमा श्रीलंकासंग १/० गोल अन्तरले पराजित माल्दिभ्स भने अंकविहीन छ । यसैबीच आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ४/१ गोल अन्तरले हराउँदै भूटान विजयी भयो । अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् ।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल