फोहोरबाट मोहोर बनाउँदै व्यास नगरपालिका

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ५

तनहुँको व्यास नगरपालिकाले फोहोरबाट मोहोर आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वनाइएका वस्तुहरु विक्री बाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ ।

नगरपालिकाले गत भदौ ८ गतेबाट फोहोरको सुक्ष्म बर्गिकरणको थालनी गरेको थियो भने त्यस अघि साउन महिनाबाट नै सिसा संकलन गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले हालसम्म पानीको वोतल तथा अन्य पेट वोतल विक्रिबाट ५६ हजार ५६८ रुपैयाँ, आल्मुनियम विक्रीबाट ६ हजार १८०, टिन विक्रीबाट १४ हजार ६२, फलाम विक्रीबाट ६ हजार २६५, कापी विक्रीबाट ५ हजार २१६, किताब विक्रीबाट ७ हजार ८४०, गत्ता विक्रीबाट ३५ हजार ३१०, टुक्रा कागजबाट १ हजार ३२० र सिसा विक्रीबाट ८४ हजार ६७७ रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सबैभन्दा पानीको बोतल २ हजार ४५९ किलो विक्री गरेको थियो । नगरपालिकाले लगभग १ लाख रुपैयाँ बराबरको एलडी, एचएम, पिपि, गुडिया लगायतका सामान विक्रीको लागि तयारी अवस्थामा रहेको जनाएको छ । उक्त सामान सबै तिहार अघि नै विक्री गरिसक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक