देवघाटमा आठौं देवपुर सांस्कृतिक महोत्सव हुने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक ८

देवघाट गाउँपालिका–५ देवपुरमा आगामी कार्तिक १४ गते आठौं देवपुर सांस्कृतिक महोत्सव हुने भएको छ । देवघाट गाउँपालिकाको प्रमुख संरक्षकत्वमा तथा गाउँसुधार समिति देवपुरको आयोजनामा उक्त महोत्सव देवपुर चोक डवलीपार्कमा हुने महोत्सवका मुल संयोजक एवं गाउँ सुधार समिति देवपुरका अध्यक्ष सुकु गुरुङले बताए ।

उक्त सांस्कृतिक महोत्सवको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गर्ने छन् । उक्त कार्यक्रममा लोकप्रिय गायक गायिका कुलेन्द्र विक, आशा विसी, अमर विरही गुरुङ, चन्द्रा गुरुङ, पृथ्वी गुरुङ तथा हास्यकलाकार बलराम सरकारको प्रस्तुती रहनेछ ।

उक्त अवसरमा देवघाट गाउँपालिका स्तरीय कौराहा प्रतियोगिता पनि आयोजना गरिने भएको छ । कौराहा प्रतियोगतामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिईने संयोजक गुरुङले बताए । कौराहा प्रतियोगिताको टिम दर्ता निशुल्क रहेको उनले बताए ।

‘लोक कला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा नचरी नाच, तामाङ सेलो, घाँटु, भजन लगायत विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुती पनि प्रर्दशन गरिनेछ । कार्यक्रमको संयोजक आशिक राना तथा आर्थिक संयोजक प्रेम थापा रहेका छन् ।

गाउँ सुधार समिति देवपुरले हरेक वर्ष सांस्कृतिक महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय