देवघाटमा भोली देवपुर सांस्कृतिक महोत्सव हुने, महोत्सवबारे जानकारी दिन पत्रकार सम्मेलन

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १३

देवघाट गाउँपालिका–५ देवपुरमा आगामी कार्तिक १४ गते बुधबार आठौं देवपुर सांस्कृतिक महोत्सव हुने भएको छ । देवघाट गाउँपालिकाको प्रमुख संरक्षकत्वमा तथा गाउँसुधार समिति देवपुरको आयोजनामा उक्त महोत्सव देवपुर चोक डवलीपार्कमा हुनेछ ।

महोत्सवबारे जानकारी दिन मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका मुल संयोजक एवं गाउँ सुधार समिति देवपुरका अध्यक्ष शुकु गुरुङले महोत्सवको माध्यमबाट स्थानीय संस्कृति संरक्षण र सम्बर्द्धन गराउने मुख्य उद्देश्य रहेको बताए । ‘लोक कला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुने महोत्सवलाई कालान्तरसम्म पनि निरन्तरता दिने उनले बताएका छन् ।

महोत्सवको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गर्ने छन् । उक्त कार्यक्रममा लोकप्रिय गायक गायिका कुलेन्द्र विक, आशा विसी, अमर विरही गुरुङ, चन्द्रा गुरुङ, पृथ्वी गुरुङ तथा हास्यकलाकार बलराम सरकारको प्रस्तुती रहनेछ ।

उक्त अवसरमा देवघाट गाउँपालिका स्तरीय कौराहा प्रतियोगिता पनि आयोजना गरिने भएको छ । कौराहा प्रतियोगतामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिईने संयोजक गुरुङले बताए । कौराहा प्रतियोगिताको टिम दर्ता निशुल्क रहेको गुरुङले बताए । महोत्सवमा ६ लाख खर्च हुने अनुमान गरिएको छ ।

उक्त कार्यक्रममा नचरी नाच, तामाङ सेलो, घाँटु, भजन लगायत विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुती पनि प्रर्दशन गरिनेछ । कार्यक्रमको संयोजक आशिक राना तथा आर्थिक संयोजक प्रेम थापा रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिंह गुरुङले देवपुर महोत्सव समग्र देवघाटको नै महोत्सव बन्दै गएको बताए । उनले यहाँ रहेका जातजातिका कला संस्कृति भेषभुषा संरक्षणका लागि यो महोत्सव निकै महत्वपूर्ण रहेको भन्दै यो महोत्सवले पछाडि परेका जातजातिको उत्थानका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता