परिणाममुखी काम गर्न प्रतिबद्ध छुः स्वास्थ्यमन्त्री पौडेल

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २४

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब आफू परिणाममुखी काम गर्ने गरी खटिइरहेको बताएका हुन् ।

मन्त्री पौडेलले भने, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्म ढंगबाट कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौँ ।” एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा सरकारले काम गर्ने उनको भनाइ थियो ।

अर्को प्रसंगमा मन्त्री पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे । उनले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहारबीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय