नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्छः काग्रेस नेता भण्डारी

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २४

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न जरुरी रहेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँको शनिबार दमौलीमा भएको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउन हिन्दु राष्ट्र घोषण गर्न ढिलाई गर्न नहुने बताए । हिन्दुराष्ट्र बनाउन कांग्रेसले घोषणापत्रमा नै समावेश गरेर जनता समक्ष जानुपर्ने भण्डारीको भनाई थियो । हरेक मुलकको आ–आफ्नो पहिचान र विशेषता हुने उल्लेख गर्दै भण्डारीले नेपालको मुख्य पहिचान हिन्दुराष्ट्र भएको बताए ।

लथालिङ र भद्रगोलबाट बचाउँदै अर्थतन्त्र सुधारको लागि कांग्रेसले बैदिक सनातनक धर्मको बाटो अबलम्बन गर्नुपर्ने भण्डारीको भनाई थियो । धार्मिक पर्यटकीय स्थलहरुले थुप्रै नेपालीलाई रोजगारी दिएको र अर्थतन्त्र सुधार गर्न धार्मिक स्थलको संरक्षण तथा प्रवद्धन गर्नु पर्ने भण्डारीको भनाई । विश्वभरीमा रहेका हिन्दुहरुलाई आस्थाको केन्द्र बनाउ सकियो भने आर्थिक समृद्धि हुन्छ त्यसको लागि हिन्दुराष्ट्र घोषणा गरिनु पर्दछ । अधिकांश जनताको चाहना हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने र प्रदेश खारेजी गर्नुपर्ने पाईएकोले जनताको भावानाको कदर गर्न हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्ने भण्डारीले बताउनुभयो । कांग्रेसले बाटो बिराउँदा अन्तिम अवस्थामा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको स्मरण गर्दै काँग्रेसको बाटो भनेको सनातन हिन्दु राष्ट्र भएको दाबी भण्डारीले गरे ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोखरेल लगायतले प्रजातन्त्रका सेनाको सम्मानमा कमी आएको उल्लेख गर्दै उनिहरुको योगदान भावी पुस्तालाई जानकारी दिन आवश्यक रहेको कुरामा जोड दिएका थिए । कार्यक्रम नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षमा भएको थियो । कार्यक्रमको सहजीकरण सचिव प्रदीप घिमिरेले गरेका थिए ।

सांसद भण्डारी शनिबार नै दमौलीको व्यास गुफामा एक महिने विश्व ॐकार तथा हिन्दू महामिलन पर्वको अवसरमा गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएका थिए । सो अवसरमा पनि भण्डारी नेपालको पहिचान कायम राख्न हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा