राजनीतिक स्थितरताकोलागि काँग्रेस र एमालेको संयुक्त सरकारः सन्चारमन्त्री गुरुङ

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २५

सुचना तथा सन्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्विसुब्बा गुरुङले राजनीतिक स्थितरताकोलागि नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । नेकपा एमाले तनहुँको कार्यालयमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थितरता र आर्थिक विकासकोलागि दुई ठुला दल मिलेर सरकार निर्माण भएको बताए ।

देशलाई संकट पर्दा दुई ठुला दल सँधै मिलेको भन्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङले जनतामा व्याप्त निराशालाई चिरेर वर्तमान सरकारले आशा जगाउने बताए । वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको भन्दै उनले त्यही निराशा चिर्न पनि दुई ठुला दलको संयुक्त सरकार बनेको बताए । सरकारले देशका ठुला समस्या समाधानको थालनी गरेको भन्दै मन्त्री गुरुङले त्यसको परिणाम छिट्टै देख्न पाइने दाबी गरे ।

नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो