राजनीतिक स्थितरताकोलागि काँग्रेस र एमालेको संयुक्त सरकारः सन्चारमन्त्री गुरुङ

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २५

सुचना तथा सन्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्विसुब्बा गुरुङले राजनीतिक स्थितरताकोलागि नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । नेकपा एमाले तनहुँको कार्यालयमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थितरता र आर्थिक विकासकोलागि दुई ठुला दल मिलेर सरकार निर्माण भएको बताए ।

देशलाई संकट पर्दा दुई ठुला दल सँधै मिलेको भन्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङले जनतामा व्याप्त निराशालाई चिरेर वर्तमान सरकारले आशा जगाउने बताए । वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको भन्दै उनले त्यही निराशा चिर्न पनि दुई ठुला दलको संयुक्त सरकार बनेको बताए । सरकारले देशका ठुला समस्या समाधानको थालनी गरेको भन्दै मन्त्री गुरुङले त्यसको परिणाम छिट्टै देख्न पाइने दाबी गरे ।

नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले