रानीवन सामुदायिक वनको अध्यक्षमा अधिकारी

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २४

देवघाट गाउँपालिका–५ स्थित रानिवन सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा टुकनाथ अधिकारी चयन भएका छन् । वन समुहको शनिबार सम्पन्न २८ औं साधारणसभा तथा अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

वन समुहको उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमशः टेकबहादुर थापा मगर, इन्द्रमाया थापा मगर र सोधरा गुरुङ चयन भएका छन् । यसैगरि सदस्यहरुमा भगवती सुवेदी, भिममाया श्रेष्ठ, गिता गुरुङ, टेकमाया मगर, शुकबहादुर थापा, सोमबहादुर बोटे र पुर्णचन्द्र अधिकारी चयन भएका छन् ।

यसैगरि सल्लाहाकार समितिमा संयोजक सन्तबहादुर थापा र सदस्यहरु मनिराज गुरुङ र भिमकुमारी ऐडी, लेखा समिति संयोजकमा सरदचन्द्र पोख्रेल तथा सदस्यहरुमा बिनोद मगर र श्रीप्रसाद अधिकारी तथा अनुगमन समितिको संयोजकमा भरत आचार्य तथा सदस्यहरुमा यज्ञराज न्यौपाने र सन्त बहादुर गुरुङ चयन भएको निर्वाचन समितिका संयोजक बद्रीप्रसाद मिश्रले जानकारी दिए ।

उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष थापा, सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, देवघाट ५ का वडा सदस्य यामबहादुर राना, मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरी, भरतपुर महानपा–२९ का पुर्व वडा अध्यक्ष मन बहादुर राना, देवघाट सव डिभिजन कार्यालयका प्रतिनिधि प्रदिप सिलवाल, रानीवन उपभोक्ता समुहका पुर्व अध्यक्ष पन्चबहादुर आले, टुकनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक