लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १७

सामाजिक विकास कार्यालय तनहुँको आयोजना एवं देवघाट गाउँपालिकाको संयोजनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको सचेतना कार्यक्रम सोमबार देवघाटमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सबैले हिंसाको विरुद्धमा आवाज उठाउने हो भने जुनसुकै प्रकारका हिंसाको अन्त्य हुने बताए । देवघाट गाउँपालिकाले लैङ्गिक हिंसा अन्त्यकोलागि सबै वडामा सचेतना कार्यक्रम सन्चालन गर्ने अध्यक्ष थापाले बताए ।

सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी नायव निरिक्षक सुजन गुरुङ, अधिवक्ता सरिता भण्डारी, महिला अधिकारकर्मी सारदा गैह्रे लगायतले लैङ्गिक हिंसा र कानुनी प्रावधानहरुको बारेमा सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, युवा खेलकुँद तथा शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने, सामाजिक विकास कार्यालयका लेखा अधिकृत कृष्ण न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का विभिन्न महिला समुहका करिब ४ सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक